ad ad

कला


७२ वर्षका आर्नोल्ड अझै गर्छन् वर्कआउट् (भिडियो)

७२ वर्षका आर्नोल्ड अझै गर्छन् वर्कआउट् (भिडियो)

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ११:४५,

राजनीतिमा पनि आर्नोल्ड सफल रहे। आर्नोल्डले सन् २००३ देखि २०११ सम्म लगातार रिपब्लिकन पार्टीतको तर्फबाट क्यालिफोर्नियाको गर्भनरको रुपमा काम गरेका छन्।

हाल आर्नोल्ड ७२ वर्षका भए। पूर्व बडिबिल्डर उनी बुढेसकालमा पनि जिम गर्दछन्।

मंगलबार आर्नोल्डले आफ्नो वर्कआउटको भिडियो टिकटक र ट्वीटरमा सार्वजनिक गरेका छन्। बुढेसकालमा पनि आर्नोल्ड आफ्नो शारीरलाई स्वस्थ बनाउन मिहिनेत गर्छन्।

मानिसहरुले आर्नोल्ड व्यायमका लागि प्रेरणाको स्रोत भएको प्रतिक्रिया जनाइरहेका छन्।

(भिडियो)

आर्नोल्डले नयाँ चलचित्रमा पनि अभिनय गरेका छन्। उक्त चलचित्र अक्टोबर २३ अर्थात् भोलीबाट रिलिज हुँदैछ। भिडियोमा आर्नोल्डले आफ्नो नयाँ चलचित्र ‘टर्मिनेटरः डार्क फेट’बारे पनि जानकारी दिएका छन्।

उनले आफ्नो शुभचिन्तकलाई धन्यवाद भनेका छन्। आर्नोल्डलाई बडिबिल्डरहरु प्रेरणाका स्रोत मान्छन्। उनी एक महान बडिबिल्डर हुन्। उनले सन् १९७० देखि १९७५ सम्म लगातार ६ पटक मिस्टर ओलम्पिया बडिबिल्डर प्रतियोगिता जितेका थिए।

Related image

त्यसैले विश्वभर उनको नामबाट प्रत्येक वर्ष बडिबिल्डिङ प्रतियोगिता हुने गर्दछ।

आर्नोल्ड हलिउड स्टार हुन्। उनले टर्मिनेटर, प्रेडेटर, कमान्डो, द एक्सपेन्डेबलजस्ता विश्वचर्चित चलचित्रमा काम गरेका छन्। एजेन्सी

 आर्नोल्ड पहिले र अहिले (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .