ad ad

खेल


सिर्जना जोशी: क्रिकेटकी कुशल व्यवस्थापक

सिर्जना जोशी: क्रिकेटकी कुशल व्यवस्थापक

यज्ञराज जोशी
कात्तिक ५, २०७६ मंगलबार ११:४९,

ललितपुर प्याट्रियोट्स एभरेस्ट प्रिमियर लिगको च्याम्पियन हो। यसै वर्षबाट सुरु वुमन्स च्याम्पियन्स लिगमा महिला फ्रेन्चाइजी क्रिकेट प्रतियोगितामा पनि ललितपुर फाल्कोन्सले डेब्यु गर्‍यो। समानता के भने यी दुवै पुरुष र महिला क्रिकटका व्यावसायिक टोलीको सञ्चालक संस्था ललितपुर प्याट्रियोट्स इन्टरनेसनल हो।

दुवै टोलीको खेल हुँदा मैदानमा एउटा दृश्य दोहोरिरहन्छ। एक जना महिला ललितपुरको टोलीको जर्सी लगाएर टोलीको झन्डा फहराइरहेकी हुन्छिन्। टोलीलाई हौसला बढाउन हुटिङ गरिरहेकी देखिन्छिन्।

उनी टोलीकी सामान्य समर्थकमात्रै हैनन्, टोलीको सञ्चालक संस्था ललितपुर प्याट्रियोट्स इन्टरनेसनलकी प्रबन्ध निर्देशक हुन्। उनी हुन्– सिर्जना जोशी। जसको कुशल व्यवस्थापनमा अघिल्लो संस्करणमा पुरुषहरूको ललितपुर प्याट्रियोट्स एभरेस्ट प्रिमियर लिग च्याम्पियन बनेको थियो भने यसपटक ललितपुर फाल्कोन्स पहिलोपटक नेपाली महिला फ्रेन्चाइजी क्रिकेट खेल्ने टोली बन्यो।

यो पनि: पारसलाई नफर्काउने क्यानको चाहना

यो पनि: आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा

तीन वर्षअघि ललितपुर प्याट्रियोट्स इन्टरनेसनल कम्पनी स्थापना गर्दा क्रिकेटसँग सिर्जनाको नजिकको साइनो थिएन। उनी मिडिया ब्याकग्राउन्डकी हुन्। उनी रेडियो र टेलिभिजनमा आबद्ध थिइन्। फिल्म विषय पढेकी हुन्। एउटा रणनीतिक कम्पनी–आइडिया सप चलाउँछिन्। जसले डुब्न लागेका कम्पनी, संघ–संस्थाहरूलाई कसरी माथि उठाउने, मार्केटिङ गर्ने, ब्रान्डिङ गर्ने, क्याम्पियन चलाउने आदि काम गर्छ। त्यही सेरोफेरोमा सिर्जना घुमिरहेकी थिइन्।

श्रीमान् किशोर महर्जन भने पहिलेदेखि नै खेलकुदमा आबद्ध थिए। बैंकर किशोर स्क्वासका खेलाडी हुन्। उनी स्क्वास संघका अध्यक्ष पनि। उनीहरू मिलेर किशोरकी आमाको सम्झनामा धनलक्ष्मी महर्जन मेमोरियल स्क्वास च्याम्पियन्ससिप पनि आयोजना गर्थे। यस्तै महिलाहरूको बडी फिल्डिङसँग सम्बन्धित स्क्वाट प्रतियोगिता पनि गरिरहेका थिए।

त्यही क्रममा एउटा फ्रेन्चाइजी टोली लिने प्रस्ताव उनीहरूसामु आएको थियो। ‘धेरै कुरा समयले पनि निर्धारण गर्छ। काम गर्दै जाँदा आएको नयाँ अवसरका रूपमा यसलाई मैले लिएँ,’ सिर्जनाले पहिलोपटक क्रिकेट टोली सम्हाल्ने प्रस्ताव आउँदाको क्षण सम्झिइन्।

प्रस्ताव स्वीकारियो। तर, एउटा टिम सञ्चालन गर्न लाखौं खर्च लाग्थ्यो। खेलाडीहरूमाथि बोली लगाउँदै अनुबन्ध गर्नुपथ्र्यो। प्रशिक्षकहरूको नियुक्ति गर्नपथ्र्यो। टिमको प्रशिक्षण, खान, बस्न, यातायातको व्यवस्थापन गर्नपथ्र्यो। ब्रान्डिङ गर्नपथ्र्यो, प्रायोजक खोज्नुपथ्र्यो।

सबै चुनौतीलाई सुरुमा कसरी व्यवस्थापन गर्दै उनी नेतृत्वको टोली अघि बढ्यो त?उनी भन्छिन्, ‘टिमचाहिँ किनियो तर अगाडि बढ्दै जाँदा धेरै बाधा–अवरोध आए। तर, त्यसैमा अल्झेरमात्रै अघि बढिँदैन नि! बाधा–अवरोधलाई कसरी हटाउन सकिन्छ भन्नेतर्फ हामी लाग्यौं। अर्कातर्फ हाम्रो कम्पनी आइडिया सपको उद्देश्य नै डुब्न लागेका कम्पनीलाई उठाउने, नयाँ कम्पनीको मार्केटिङ, ब्रान्डिङ गर्ने हो। आइडिया सपकै पाइलट प्रोजेक्टका रूपमा पनि हामीले ललितपुर प्याट्रियोट्स इन्टरनेसनललाई अघि बढायौं।’

यो पनि: सपना पूरा भएको दिन

यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार 

आइडिया सपमा १०–१२ जना कर्मचारी कार्यरत छन्। ललितपुर प्याट्रियोट्सको नाम जुराउनेदखि मार्केटिङ, ब्रान्डिङ आदि सबैमा ती सबै कर्मचारी खटेका थिए। सिर्जनाको नेतृत्वमा उनीहरूले गरेको कडा मिहिनेतले ललितपुर प्याट्रियोट्स एउटा ब्रान्ड बनिसकेको छ।

ब्रान्ड त्यसै बनेको हैन। टिम सञ्चालनका लागि एकदमै खट्नुपर्ने र सबैभन्दा ठूलो कुरो प्रायोजक जुटाउनु हो। त्यसका लागि सिर्जनाको टोलीलाई कम्ता तनाव भएन।

‘अहो कुरै नगर्नुहोस्। धेरै गाह्रो छ प्रायोजकहरूसँग डिल गर्न त,’ उनी भन्छिन्, ‘उहाँहरूको लगानी एक हुन्छ भने प्रतिफल सयमा खोजिरहनुभएको हुन्छ। त्यो प्रतिफल कसरी दिने भन्नेमा काम गर्दा निकै तनाव हुन्छ। वर्षभरि नै हामीले उहाँलाई प्रतिफल दिनुपर्ने हुन्छ। वर्षभरिको रणनीति उहाँहरूसामु प्रस्तुत गर्नुपर्छ। त्यसमा उहाँहरू सहमत हुनुभयो भने अघि बढ्ने हो।’

पुरुषको टोली च्याम्पियन बनेकै अर्को वर्ष ललितपुरले महिला फ्रेन्चाइजी टिम पनि किनेको हो। महिलाहरू पनि उत्तिकै सक्षम रहेको र उनीहरूलाई अवसरको खाँचो रहेकाले आफूहरूले उक्त अवसर जुटाइदिएको सिर्जना बताउँछिन्।

यो पनि: कप्तानीका लागि म तयार भएर बस्नुपर्छ भन्ने लाग्दैनः ज्ञानेन्द्र मल्ल(अन्तर्वार्ता)

यो पनि: पारसले ट्विस्ट देलान्?

‘पुरुषका लागि हामी गरिरहेका छौं भने महिलाका लागि किन नगर्ने? महिलाहरू पनि उत्तिकै सक्षम छन्। महिलाहरूले अवसर पाएका खण्डमा उनीहरूले पनि खेल्न सक्छन्,’ उनले भनिन्, ‘तर, अवसर नै दिएन भने कसरी खेल्छन त? सबैले आआफ्ना क्षेत्रबाट योगदान पु¥याए समग्र रूपमा राष्ट्र बन्छ नि! फेरि खेल यस्तो कुरा हो जसले सबैलाई जोड्छ। त्यसैले हामीले महिलाको टोलीमा पनि लगानी गरेका हाैँ।’

तर, महिलाहरूको टोली ललितपुर फाल्कोन्सले भने वुमन्स च्याम्पियन्स लिगमा अपेक्षित प्रदर्शन गर्न सकेन। राउन्ड रोबिनका सबै ४ खेलमा पराजित हुँदै ललितपुर प्रतियोगिताबाट बाहिरियो। तर, सिर्जना भने हारबाट विचलित भएकी छैनन्।

‘मैदानमा उत्रेपछि जित्छु भन्ने त हुन्छ नै। जित्दा खुसी लाग्नु र हार्दा दुःखी लाग्नु मानवीय स्वभाव हो,’ उनले भनिन्, ‘सधैंभरि जित मात्रै हासिल हुँदैन। तर, सही स्पोर्टसम्यानसीप त्यहाँ हुन्छ जहाँ हार पनि स्वाभाविक रूपमा स्वीकारिन्छ। हार र जित खेलमा मात्रै नभएर जीवनकै पाटो हो भनेर सहज रूपमा लिनुपर्छ। हामी टिमलाई पनि त्यही कुरा बताउँदै उनीहरूको मनोबल कम हुन दिदैनौं।’

पछिल्लो ३ वर्ष क्रिकेटमा लगानी गरिसकेपछि प्रतिफलको अपेक्षा हुनु स्वाभाविक हो। तर, सिर्जना भने अझै प्रतिफलको अपेक्षा गरिहाल्नुपर्ने बेला नआएको बताउँछिन्।

‘हामीले बिजनेस भनेर टिम लिइसकेपछि पहिलो वर्ष नै फाइदा हुन्छ भनेर लिन मिल्दैन। फाइनान्सियल प्रतिफल अझै पनि आउने बेला भइसकेको छैन। अझै पनि धेरैभन्दा धेरै मानिस, बहुउद्देश्यीय कम्पनीहरू जोडिनु जरुरी छ। जति बढ्ता सहभागिता भयो त्यति लगानी र ओनरसिप हुन्छ। त्यस कुराले बल्ल प्रतिफल दिने हो,’ उनी भन्छिन्,‘तर हामीसँग अहिले एउटा ब्रान्ड छ। खेलाडीहरूले खेल्न पाइरहेका छन्। राम्रो पारिश्रमिक पनि पाइरहेका छन्। त्यसमा नै खुसी छौं।’

यो पनि: सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा

यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ

यो पनि: छायाँमा परेको एउटा प्रदर्शन 

 यो पनि: च्याम्पियन श्यान्टुले खोजेको एक माैका

यो पनि- क्यान विवाद सुल्झाउन पर्दा पछाडि खटेका राजेश्वर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .