निर्देशक आदित्यधरले बलिउड फिल्म उद्योगमा 'उरी' जस्तै दमदार फिल्म दिएका थिए।
पहिले एक प्रेम कहानी बनाउन उनले फवाद खान र कट्रिना कैफलाई स्क्रिन सेयर गराउने योजनामा थिए ।
जब आदित्य धर यो फिल्म लेख्दै थिए, पाकिस्तानी कलाकारहरुलाई एकै समयमा भारतमा काम गर्न प्रतिबन्ध लगाइएको थियो । पछि उनको फिल्म कोल्ड स्टोरेजमा गयो।
फवाद खान एक पाकिस्तानी कलाकार हुन् ।
आदित्य धरले अब यो फिल्म पुनः सुरु गर्ने योजना बनाएका छन् । तर अब कट्रिना हुने छैनन् । आदित्यधरले यामी गौतमलाई यो फिल्ममा साइन गराएका छन्।
जब आदित्य धरले यो फिल्म बनाउने सोचमा थिए, करण जोहर यो फिल्मको निर्माता बन्ने योजनामा थिए । तर अब रोनी स्क्रूवालाले आदित्यसँग हात मिलाएर फिल्म निर्माण गरेका थिए। आदित्यधर र रोनी स्क्रूवाला अहिले अर्को फिल्ममा सँगै काम गर्दै छन्, जसमा विक्की कौशल देखिनेछन् ।
यो मेगा बजेट फिल्मको नाम 'इम्मार्टल अफ अश्वत्थामा' हो । आदित्य र विक्कीको सहकार्य ुउरीु फिल्मबाट भएको थियो । त्यसपछि पछि उनीहरूले यो सुपर हिरो फिल्म बनाउने निर्णय गरे।
‘इम्मार्टल अफ अश्वत्थामा’ कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण अड्किएको थियो ।
तर आदित्यधर यसको लागि तयार छन्। उनको टीम फिल्मको पूर्वनिर्माणमा व्यस्त छ । चाँडै यसको लागि सुटिङ सुरु हुनेछ।
Shares

प्रतिक्रिया