कला


राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट

राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ४:४४,

मौलिक लोक संगीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ।

नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवलपरासीकी लक्ष्मी बस्नेतको समूह प्रथम भएको हो।

प्रतियोगितामा देउराली रोधी घर बुटवलका विक्रमबाबु विश्वकर्माको समूह द्वितीय, गोधुली रोधी घर बुटवलका राजकुमार न्यौपानेको समूह तृतीय तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी लालमाया थापाको समूहले सान्त्वना स्थान हासिल गरेको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको सहकार्यमा बर्दघाटस्थित दौंतरी एफएमले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको उक्त प्रतियोगिताका विजयी समूहलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, दश हजार र पाँच हजारले पुरस्कृत गरिएको एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीले बताए।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले नेपालीको पहिचानको रुपमा रहेको लोक संस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरे। सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले संस्कृतिको संरक्षणका लागि यस किसिमको प्रतियोगिता कोशेढुङ्गा सावित हुने भन्दै निरन्तरतामा जोड दिए। सो अवसरमा चर्चित लोक कलाकार शान्ति श्री परियार, नारायण लेकाली, भरत क्षेत्री, भूपराज न्यौपानेलगायतले आफ्ना गीतसङ्गीतमार्फत दर्शकलाई मनोरञ्जन गराएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad