राजनीति


परराष्ट्रमन्त्रीबाट महाविजय चैत्यको अवलोकन

परराष्ट्रमन्त्रीबाट महाविजय चैत्यको अवलोकन

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ५:२,

राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्मारको राजकीय भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्चपदस्थ अधिकारीले शनिबार यांगुनस्थित महाविजय चैत्यको अवलोकन गरेका छन्।

मन्त्री ज्ञवालीसहितको टोलीले त्यहाँस्थित बुद्धको मूर्तिको समेत अवलोकन गरेको थियो। प्यागोडाशैलीको यो मन्दिर धम्माराखिता पहाडमा पर्छ। नेपाली प्रमण्डललाई त्यहाँस्थित स्थानीय सरकारका प्रमुखले स्वागत गरेका थिए।

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्र शाह त्यहाँको भ्रमणमा जाँदा सो चैत्यमा बुद्धको मूर्ति उपहार दिएको थियो । यस मन्दिरका संस्थापक नि विन हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad