ad ad

कला


हास्य कलाकार ‘चम्सुरी’को मिर्गाैला प्रत्यारोपण नेपालमै गर्ने तयारी

हास्य कलाकार ‘चम्सुरी’को मिर्गाैला प्रत्यारोपण नेपालमै गर्ने तयारी

अस्पतालको बेडमा हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’


नेपालखबर
साउन १०, २०७८ आइतबार ७:३९,

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) ले मिर्गाैला प्रत्यारोपण गर्न पाउने भएकी छन्। 

उनका भाइ राजु डंगोलका अनुसार परिवारभित्र पर्ने  चार–पाँच जना मिर्गाैला दिन राजी भइसकेका छन्। उनीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको छ।

सुरुमा मिर्गाैला प्रत्यारोपणका लागि उनलाई भारत लाने तयारी गरिएको थियो। नेपालमा मिर्गौला प्रत्यारोपण गर्न हाडनाताभित्रका मानिसले मिर्गौला दिनुपर्ने कानुन छ। अहिले नाताभित्रकै मानिसबाट मिर्गौला पाउने भएपछि नेपालमै प्रत्यारोपण गर्न लागिएको डंगोल परिवारले जनाएको छ। 

घरमै बसिरहेको बेला सास फेर्न गाह्रो भएपछि कलाकार डंगोल अस्पताल भर्ना भएकी थिइन्। त्यस क्रममा स्वास्थ्य परीक्षण गर्दा उनका दुवै मिर्गाैलाले काम गर्न छाडेको पत्ता लागेको हो। उनी १५ वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .