ad ad

समाज


भारतको महाराष्ट्रमा भिषण बाढी : १२५ जनाको मृत्यु

भारतको महाराष्ट्रमा भिषण बाढी : १२५ जनाको मृत्यु

नेपालखबर
साउन १०, २०७८ आइतबार ७:३४,

भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १ सय २५ जनाको मृत्यु भएको छ। केही मान्छे बाढीमा हराइरहेका छन्।

अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौँ गाउँ डुबानमा परेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्। कयौँ मानिस बाढीमा बेपत्ता भएका छन्। बेपत्ताहरुको खोजीमा भारतीय सेना सहितको उद्दारकर्ता खटिएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

महाराष्ट्रस्थित मौसम विभागका अनुसार यो वर्षा दशकौँ पछिको निकै ठूलो हो। जलवायु परिवर्तनको कारण महाराष्ट्रमा भारी वर्षा भएको मौसमविदले अनुमान गरेका छन्। 

यसअघि चीनको मध्य क्षेत्रमा पर्ने हेनान प्रान्तमा पनि भिषण वर्षाले ठूलो जनधनको क्षति गरेको थियो। त्यहाँ बाढीका कारण झण्डै ६० जनाले ज्यान गुमाएका छन्।। बाढी पहिरोमा अझै सातजना हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन्। 

चीनमा पनि जलवायु परिवर्तनकै कारण ठूलो वर्षा भएको अनुमान मौसमविद्ले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .