शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सना सिंह ठकुरीलेले ‘लघु चलचित्र निर्माण पुरस्कार’ प्राप्त गरेका छन्।
विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा भएको कार्यशालाका सहभागी उनीहरुले पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ प्राप्त गरेको आयोजकले बताएको छ।
शान्ताको ‘मुना’, ज्योत्सनाको ‘एलेक्सिया’ र सुनिलको ‘विण्ड हर्स’लाई १५ मिनेटको फिक्सन फिल्म निर्माण गर्न उक्त पुरस्कार आर्थिक सहयोगस्वरुप हुनेछ।
निर्देशक/सिनेलेखक दीपक रौनियार, अभिनेत्री/सिनेलेखक आशा मगराती, अध्येता भास्कर गौतमको नेतृत्वमा दुई वर्षअघि सुरु भएको यो कार्यशालालाई यसवर्षदेखि गोग्राह नाम दिइएको छ।
असार २९, २०७८, मंगलबार
प्रतिक्रिया