ad ad

कारोबार


समाज रुपान्तरणका लागि नबिलको दिगो बैंकिङ सेवा

समाज रुपान्तरणका लागि नबिलको दिगो बैंकिङ सेवा

नेपालखबर
असार २९, २०७८ मंगलबार १२:५९,

नबिल बैंकले राष्ट्र संघले तोकेको दिगो विकास लक्ष्यहरू सन् २०३० सम्ममा प्राप्त गर्न सरकारलाई समेत सघाउ पुग्ने गरी नबिल दिगो बैंकिङ कार्यक्रम घोषणा गरेको छ। 

अधिकांश ग्रामीण भाग रहेको नेपालमा आर्थिक रुपमा पछि परेको भूभाग र जनसंख्या छ। 

यस्तो परिस्थितिमाझ नेपालले सरकारी र निजी स्तरमा सहकार्य गरेर मात्रै दिगो विकास लक्ष्य प्राप्त गर्न सक्छ। 

त्यही लक्ष्यप्राप्तिका लागि नबिलले संस्थागत रुपमा त्यसलाई सघाउ पुग्ने कार्यक्रम ‘नबिल दिगो बैंकिङ’ घोषणा गरेको हो।  

के हो नबिल दिगो बैंकिङ?

बैंकले अहिलेसम्म बैंकिङ पहुँच प्राप्त नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्न नबिल दिगो बैंकिङ कार्यक्रम ल्याएको जनाएको छ।  

बैंकका अनुसार देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवर्द्धन गरिने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो। 

बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको बताए। 

नबिलले गरेको यो प्रयोग नेपालमा नै पहिलोपटक भएको उनको भनाई छ। 

उनले भने, ‘नबिल बैंकको समग्र बैंकिङ क्षेत्रले लाखौँको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम हुने कार्यक्रम हो यो।’ 

दुई महत्त्वपूर्ण कार्यक्रम
नबिल बैंकले ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास, कृषि क्षेत्रको व्यवसायीकरण गर्न दुई कार्यक्रम अघि सारेको छ। 

ती कार्यक्रम हुन्– कृषि कर्जा र नबिल उद्यमशील कर्जा। 

यी कार्यक्रमहरू देशव्यापी रुपमा सबै शाखाहरूमा ल्याइए पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने जनाएको छ।

यसलाई कार्यान्वयनको लागि आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सीटीईभीटी) का साथ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेको छ।

बैंकले यस सम्झौतामार्फत देशभरिका सीटीईभीटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघुवित्त/वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्ने जनाएको हो।  

१. नबिल कृषि कर्जा 

कसले पाउँछ? 
१८ देखि ६० वर्ष उमेरका किसानले यो कर्जा पाउनेछन्। 

संस्थाको लागि सरकारी निकायमा दर्ता भएको र कालोसूचीमा नपरेको तथा स्थायी रुपमा गाउँमै बसोबास गर्ने हुनुपर्नेछ। 

कति रुपैयाँसम्म कर्जा पाइन्छ?
व्यक्तिगत रुपमा १५ लाख 
संस्थागत रुपमा २५ लाख र, 
सामूहिक रुपमा प्रतिसदस्य ५ लाख

कति समयको लागि पाइन्छ? 
छोटो समयको कर्जा १२ महिनासम्म 
लामो समयको कर्जा ५ वर्षसम्म 

कति ब्याजदरमा पाइन्छ?
बैंकको आधार दर (बेस रेट)मा थप २ प्रतिशत 

धितो पनि राख्नुपर्छ कि? 
पर्छ। सहुलियत ब्याजका लागि राष्ट्र बैंकले निर्धारण गरेको बाहेक 

के–कस्ता धितो आवश्यक पर्छ? 
सडक पुगेको जमिन। 
सडक नपुगेकालाई २० लाखसम्म मात्र  

ऋणको प्रशासनिक शुल्क कति लाग्छ? 
ऋण सीमाको ०.२५ प्रतिशत वा ३ हजार (जुन धेरै हुन्छ त्यही) 

ऋण भुक्तानी सार्नसक्ने अवधि
१२ महिनासम्म   
***

२. नबिल उद्यमशील कर्जा 
(युवा र ग्रामीण समुदायमा उद्यमशीलता विकासका लागि)

कसले पाउँछ? 
१८ देखि ६० वर्ष उमेरका किसानले यो कर्जा पाउनेछन्। 

संस्थाको लागि सरकारी निकायमा दर्ता भएको र कालोसूचीमा नपरेको तथा स्थायी रुपमा गाउँमै बसोबास गर्ने हुनुपर्नेछ। 

कति रुपैयाँसम्म कर्जा पाइन्छ?
१ लाखदेखि १ करोड रुपैयाँ

कति समयको लागि पाइन्छ? 
अधिकतम ८ वर्षसम्म 

कति ब्याजदरमा पाइन्छ?
बैंकको आधार दर (बेस रेट)मा थप ३ देखि ५ प्रतिशतसम्म 

धितो पनि राख्नुपर्छ कि? 
पर्छ। सहुलियत ब्याजका लागि राष्ट्र बैंकले निर्धारण गरेको बाहेक 

के–कस्ता धितो आवश्यक पर्छ? 
सडक पुगेको जमिन। 
सडक नपुगेकालाई २० लाखसम्म मात्र 

ऋणको प्रशासनिक शुल्क कति लाग्छ? 
ऋण सीमाको ०.२५ प्रतिशत वा ५ हजार (जुन धेरै हुन्छ त्यही)  

ऋण भुक्तानी सार्न सकिने अवधि
१२ महिनासम्म   
***

के–के चाहिन्छ कागजात? 
-ऋण आवेदन फर्म भर्ने 
-नागरिकताको प्रमाणपत्र 
-भर्खरै खिचेको पासपोर्ट साइज फोटो 
-तालिमको प्रमाणपत्र (दुई जनाको) 
-लालपुर्जाको फोटोकपी 
-चार किल्लाको फोटोकपी 
-कर तिरेको रसिद 
-कम्प्युटर ब्लुप्रिन्ट नक्सा/ट्रेस नक्सा 
-घर निर्माण अनुमति र निर्माणसम्पन्नको प्रमाणपत्र (यदि घर धितो हो भने मात्र) 

यदि ऋण लिने संस्था हो भने के के कागजात चाहिन्छ? 
-कम्पनी दर्ताको प्रमाणपत्र 
-स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र 
-तीन वर्षको लागि अनुमानित लगानी

यस्ता छन् विशेषता
नबिल बैंकले ल्याएको यी दुई कार्यक्रम अथवा कर्जा अन्यभन्दा धेरै फरक छ। यी कार्यक्रममा १५ लाख रुपैयाँसम्म विना धितो कर्जा पाउन सकिन्छ। 

गाडी बाटो नभएका क्षेत्रको धितो कर्जामा पनि २० लाख रुपैयाँसम्म पाउन सकिनेछ। 

किसान कर्जाअन्तर्गत व्यक्तिगत रुपमा १० लाख, किसानलाई २५ लाख रुपैयाँ र समूहगत रुपमा ५ लाख रुपैयाँ कर्जा प्रदान हुनेछ। 

उद्यम कर्जाअन्तर्गत १ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रदान हुनेछ। 

कृषिका लागि सर्ट टर्म (छोटो समयको) कर्जाअन्तर्गत १ वर्ष र लङ्ग टर्म (लामो अवधिको) अन्तर्गत ५ वर्षको समय तोकिएको छ। 

उनका अनुसार नबिल उद्यम कर्जाअन्तर्गत कर्जाको अवधि १ वर्षदेखि ८ वर्षसम्म तोकिएको छ।

कृषिका लागि सर्ट टर्म कर्जाअन्तर्गत १ वर्ष र लङ टर्मअन्तर्गत ५ वर्षको समय तोकिएको छ। नबिल उद्यम कर्जाअन्तर्गत कर्जाको अवधि १ वर्षदेखि ८ वर्षसम्म तोकिएको छ। 

सन् २०३० सम्म नेपालले प्राप्त गर्ने दिगाे विकास लक्ष्य के के छन्?
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म हासिल गर्ने गरी समग्र विश्व र मानिसहरुको राम्रो र दिगो भविष्यका लागि सन् २०१५ मा दिगो विकास लक्ष्यहरु तोकेको थियो। 

यसका लागि नेपालले समेत आफ्ना योजना अघि सारेको छ। सन् २०१७ मै नेपालले क्रमागत रुपमा आफ्नो लक्ष्यहरु प्रस्तुत गरिसकेको छ। उक्त अवधिभित्र नेपालले सबै क्षेत्रमा रहेका सबै स्वरूपको गरिबीको अन्त्य गर्नुका साथै अतिगरिबी दर ५ प्रतिशतभन्दा कम गर्ने प्रस्ताव गरेको छ। 

त्यस्तै, वार्षिक प्रतिव्यक्ति आय सन् २०१५ को ७६६ अमेरिकी डलरबाट वृद्धि गरेर सन् २०३० मा २५ सय अमेरिकी डलर पु¥याउने, भोकमरी अन्त्य, खाद्य सुरक्षा, उन्नत पोषण र दिगो कृषि प्रवर्द्धन गर्नेजस्ता लक्ष्यहरुमा नेपाल अघि बढेको छ।

यसबाहेक सन् २०३० सम्ममा न्यून पोषण भएकाको दर (खाद्यमा पहुँचको पर्याप्तताद्वारा मापन गरिने) ३ प्रतिशतमा र कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाहरूको दर पनि ५ प्रतिशतमा झार्ने परिमाणात्मक लक्ष्य राखिएको छ। 

अन्य लक्ष्यहरूमा अपर्याप्त खानाको उपभोग गर्ने घरपरिवारको प्रतिशत सन् २०१५ मा ३६ दशमलव १ प्रतिशत रहेकोमा त्यसलाई घटाई सन् २०३० मा ३ प्रतिशतमा झार्ने तथा सन् २०३० मा प्रजनन उमेरका रक्त अल्पता समस्या भएका महिला र बालबालिकाको दर १० प्रतिशतमा झार्ने लक्ष्य छ। 

यो गरेमात्रै नेपाल दिगो विकासको लक्ष्यनजिक पुग्नेछ। तर यस्ता लक्ष्य प्राप्त गर्न नेपाललाई सहज छैन। 

तर नबिल बैंकले ल्याएको उक्त कार्यक्रमले सरकारलाई दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण योगदान मिल्ने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .