झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन्।
ताजा विवरणअनुसार बालेनले ५२ हजार ९६ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ भोट पाएका छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार मन्धर चिमरिया १ हजार ४१७ मतका साथ तेस्रो स्थानमा छिन्।
यसपछि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १ हजार १७६ मत ल्याएका छन्।
अहिलेसम्म बालेन ओलीभन्दा ३८ हजार ६५ मतले अघि छन्।
योसँगै बालेनको जित र ओलीको हार निश्चित देखिएको छ।
333
Shares

प्रतिक्रिया