काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको मत साढे ११ हजार पुगेको छ। ३० हजार ८४ मतपत्रको गणना गर्दा उनको मत संख्या साढे ११ हजार पुगेको हो।
मंगलबार दिउँसो ३ बजेसम्म शाहले ११ हजार ४७० मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार ३९० र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार ४९२ मत ल्याएका छन्।
काडमाडौँमा ३ लाख २४२ कुल मतदातामध्ये १ लाख ९१ हजार १८६ मत खसेको थियो। काठमाडौँमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ।
काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।
249
Shares

प्रतिक्रिया