नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले महासचिव शंकर पोखरेलले आइतबार निकालेको विज्ञप्तिप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले महासचिवको विज्ञप्तिलाई हार्ने गोरुको छेरुवा दाउको संज्ञा दिएका छन्।
‘हार्ने गोरूको छेर्ने दाउजस्तो कुरा नगरौँ! हारबाट सिकौँ र जितबाट नमात्तिऔँ’, गुरुङ किरण रहेको फेसबुक पेजमा उनले लेखेका छन्, ‘उज्यालो भविष्यले हामीलाई पर्खेर बसेकै छ। एक दिन जितेरै देखाउनेछौँ।’
आइतबार दिउँसो एमाले महासचिव पोखरेलले स्थानीय तह निर्वाचनमा धाँधली भएको १५ प्रमाण रहेको फेहरिस्तको विज्ञप्ती प्रकाशित गरेका थिए।
निर्वाचनमा धाँधली भएको भन्दै एमालेले दियो १५ ‘प्रमाण’
3.1k
Shares

प्रतिक्रिया