ad ad

निर्वाचन विशेष


म्याग्दीमा मतगणना सुरु

म्याग्दीमा मतगणना सुरु

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २२:३५, काठमाडौँ

म्याग्दीमा सोमबार साँझबाट मतगणना सुरु भएको छ। विकट धवलागिरि गाउँपालिकाका विभिन्न क्षेत्रसहित सबैभन्दा विकट गुर्जा गाउँको मतपत्र ल्याएपछि मतगणना सुरु भएको हो।

म्याग्दीमा बेनी नगरपालिकामा १३ हजार ५४२, मंगला गाउँपालिकामा ७ हजार ७२७, मालिका गाउँपालिकामा ७ हजार ६२०, धवलागिरि गाउँपालिकामा ५ हजार ६६०, रघुगंगा गाउँपालिकामा ८ हजार ६७० र अन्नपूर्ण गाउँपालिकामा ६ हजार ६८५ मत खसेको छ।

कुल मतदाता ८६ हजार १२० रहेकोमा त्यहाँ ४९ हजार ९०४ मतमात्र खसेको छ। म्याग्दीमा एक प्रतिनिधि सभा र २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।

त्यहाँ कांग्रेसका खमबहादुर गर्बुजा र एमालेका हरिकृष्ण श्रेष्ठसहित राप्रपाबाट जगतप्रसाद गौचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिबहादुर खत्री क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनबाट ओमराज मगर तथा स्वतन्त्रहरु विनोद भट्टचन, नविन जिसी र खिलबहादुर बरुवाल मैदानमा छन्।  

माओवादीले प्रदेश ‘क’ मा हरि भण्डारी र ‘ख’ मा रेशम जुग्जाली ‘सुविन’लाई उम्मेदवार बनाएको छ भने एमालेले ‘क’ बाट देवेन्द्रबहादुर केसी र ‘ख’ बाट यामबहादुर गर्बुजालाई मैदानमा उतारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .