राजनीति


लमजुङमा एमाले उपमहासचिवसँगको मतान्तर घटाउँदै माओवादी महासचिव

लमजुङमा एमाले उपमहासचिवसँगको मतान्तर घटाउँदै माओवादी महासचिव

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २२:३७, काठमाडौँ

माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङमा मतान्तर साघुरो बनाएका छन्। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग यसअघि ४ सय २१ मतान्तरले पछि रहेका महासचिव गुरुङ अहिले २ सय ४९ मतले मात्र पछाडि छन्।

एमालेको प्रभाव रहेको क्लोलोसोधार गाउँपालिकामा सोचेभन्दा बढी मत प्राप्त गर्दा महासचिव गुरुङको मतान्तर घट्दै गएको हो। सो गाउँपालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लीन स्वीप’ गरेको थियो। 

गठबन्धनको प्रभाव रहेको दूधपोखरी गाउँपालिकामा भने उसले अपेक्षा गरे अनुसार नै अग्रता हासिल गरेको छ। 

मतगणनाको पछिल्लो परिणाम अनुसार गणना भएका ७ हजार ५ सय २७ मत मध्ये एमाले उपमहासचिव गुरुङले  ३ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने महासचिव गुरुङले ३ हजार ३ सय ९९ मत हासिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .