निर्वाचन विशेष


तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले उम्मेदवारको फराकिलो अग्रता

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले उम्मेदवारको फराकिलो अग्रता

नेपालखबर
जेठ ११, २०७९ बुधबार ८:४७, दाङ

दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। 

तुलसीपुरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ। 

अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन्। 

खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन्। 

तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छन्।

उनले निकटतम् प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेका छन्। 

चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेका छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेका छन्।

तुलसीपुरका उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ। अहिले वडा नम्बर १७ र १९ को मतगणना भइरहेको छ। 

तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता छन्। जसमध्ये ७४ हजार ३३६ मत खसेको थियो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad