ad ad

निर्वाचन विशेष


काठमाडौं महानगर अपडेट : २२ हजार मत गन्न बाँकी हुँदा बालेन शाह २० हजारले अगाडि

काठमाडौं महानगर अपडेट : २२ हजार मत गन्न बाँकी हुँदा बालेन शाह २० हजारले अगाडि

नेपालखबर
जेठ ११, २०७९ बुधबार ८:२८, काठमाडौँ

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। 

बिहान साढे ६ बजेसम्म गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये साह २० हजार ७४३ मतान्तरले अघि छन्। 

गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ३३ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। 

स्थापित र शाहबीचको मतान्तर २० हजार ७४३ छ भने सिंह र साहको मतान्तर २० हजार ११० रहेको छ। 

काठमाडौं महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .