पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य विजयी भएका छन्।
आचार्य ६ हजार ४५ मतान्तरसहित विजयी भएका हुन्।
प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८ सय ४८ मत पाउँदा आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छिन्।
उनले कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८८३ मतान्तरले पराजित गरेकी हुन्। गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छिन्।
पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
यसअघि ०७४ को निर्वाचनमा पोखरा महानगरको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका थिए। उपप्रमुखमा मञ्जुदेवीलाई नै एमालेले दोहोर्याएको थियो।
Shares

प्रतिक्रिया