निर्वाचन विशेष


काठमाडौं महानगर : अझै ३० हजार मत गन्न बाँकी

काठमाडौं महानगर : अझै ३० हजार मत गन्न बाँकी

नेपालखबर
जेठ ११, २०७९ बुधबार ६:४७, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। 

पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा ३० हजार २३ मत गन्न बाँकी हुँदा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५२ हजार ५७४ मत पाएका छन्।

शाहलाई पछ्याइरहेकी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा छन्। 

पछिल्लो मतपरिणाम अनुसार स्थापितले ३२ हजार ६१२ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन्। 

उनलाई पछ्याएका गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा राप्रपाका उम्मेदवार बिनिता मगैया ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छिन्।

काठमाडौंमा कुल ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० ले मतदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad