निर्वाचन विशेष


धनराज पोखराको १५ औं मेयर बन्ने पक्का, उपमेयरमा मञ्जुदेवी

धनराज पोखराको १५ औं मेयर बन्ने पक्का, उपमेयरमा मञ्जुदेवी

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १३:५६, काठमाडौँ

पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य  र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी हुने निश्चित भएको छ।

पोखरामा खसेको १ लाख ४३ हजार २२६ मतमध्ये १ लाख ३९ हजार ४११ मत गनिसक्दा दुवैले पाएको अग्रताले उनीहरु विजयी हुने निश्चित भएको हो।  

अब पोखरामा ३ हजार ८१५ मत गन्न बाँकी छ। यस्तोमा धनराजले ५७ हजार ७२ र उनका प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार ५८७ मत प्राप्त गरेका छन्।

जुन ५ हजार ४८५ मतको अन्तर हो। हाल गणना भइरहेको वडा नम्बर २२,३२ र ३३ बाट सबै मत कृष्ण थापाको पक्षमा गए पनि धनराज विजयी हुन्छन्। तर, ती वडामा पनि धनराजले अग्रता लिइरहेका छन्। वडा नम्बर ३३ त धनराजको आफ्नै वडा हो। 

उपमेयरमा पनि मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत र कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ६० मत प्राप्त गरेका छन्।

यहाँ ३ हजार ९९० मतको अन्तर छ। गन्न बाँकी ३ हजार ८१५ मत नै कोपिलाले पाउँदा पनि विजयी हुने सम्भावना अन्त्य भएको छ।

सबै मत गनिसकेपछि मात्रै आयोगले आधिकारिक घोषणा विजेता घोषणा गर्नेछ।

यद्यपि, एमालेले वडा नम्बर ३१ र १८ को पुनः मतगणनाको माग राख्दै  प्रतिनिधि नपठाएपछि गणना अवरुद्ध भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad