काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत ५० हजार कटेको छ।
जिततर्फ उन्मुख उनले अहिले नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ९५३ मतले अग्रता बनाइरहेका छन्।
सुरुदेखि नै अग्रता बनाएका उनले सत्ता गठबन्धन र एमालेलाई फराकिलो मतसहित पछि छाडेका छन्।
बालेनले अहिले ५० हजार ४९२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१ हजार ५३९ मत प्राप्त गरेकी छन्।
सुरुमा दोस्रो नम्बरमा रहेका नेकपा एमालेका केशव स्थापित अहिले तेस्रो स्थानमा रहँदै ३० हजार ८९१ मत प्राप्त गरेका छन्।
त्यस्तै यहाँ चुनाव प्रचार नै नगरेका सुमन साय्मीले पनि ८ हजार ८७१ मत ल्याएका छन्। आँखीझ्याल चुनाव चिह्नका उनले काठमाडौंको बाक्लो नेवार बस्तीबाट भोट ल्याइरहेका छन्।
अहिलेसम्म काठमाडौं महानगरमा १ लाख ५२ हजार ३०० मत गनिसकिएको छ
काठमाडौंको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्। अ
उनले सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा चार गुणा बढी मत पाउँदै जित निश्चित गरिसकेकी छन्।
Shares

प्रतिक्रिया