नेकपा एमालेका नेता भीम रावलको गृहपालिका अछामको साँफेबगरमा नेकपा एमाले पराजित भएको छ।
साँफेबगरको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीले जित हासिल गरेको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका राजेन्द्र बहादुर कुवँर ७ हजार २६५ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेकी पशुपति कुवँरले ५ हजार ३९ मत मात्रै ल्याइन्।
यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन्। उनले ६ हजार ४०२ मत ल्याए। कुँवरका प्रतिस्पर्धी एमालेका रंग बहादुर ठकुल्लाले ५ हजार ३१४ मत ल्याए।
साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादी तथा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर चुनावमा सहभागी भएका थिए।
588
Shares

प्रतिक्रिया