नेकपा एमालेले स्थानीय तह निर्वाचनमा २ सय तह जितेको छ।
वैशाख ३० गते भएको निर्वाचनको अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले दाङको घोराही र बाराको कलैया उपमहानगरपालिकासहित २ सय तह जितेको हो।
एमालेले दाङको तुलसीपुर उपमहानगरपालिकामा पनि फराकिलो अग्रता बनाएको छ। गणना भइरहेकामध्ये एमालेले ६ स्थानीय तहमा अग्रता लिएको छ।
एमालेले ७६ नगरपालिका प्रमुख, १ सय २३ गाउँपालिका प्रमुख जित्यो।
प्रदेश १ मा ४६, बागमती २६, मधेश २६, गण्डकी ३५, लुम्बिनी २६, कर्णाली १५ र सुदूरपश्चिम २५ मा एमाले निकै कमजोर बनेको छ।
२०७४ मा २ सय ९४ तह जितेर पहिलो पार्टी बनेको एमाले पाँच वर्ष पछि भएको निर्वाचनमा भने ९० तह गुमाएर दोस्रो दल बन्न पुगेको छ।
एमालेले काठमाडौं र पोखरा महानगरपालिका गुमाएको छ। यद्यपि अन्तिम मतपरिणाम आउन बाँकी छ। तर एमाले ती दुबै महानगरमा निकै कम मतले पछि छ।
मकवानपुरको हेटौडा, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल, धनकुटाको धरान र बाराको जितपुरसिमरा गरी ५ उपमहानगर यसपटक एमालेले गुमाएको छ।
फर्केर हेर्दा २०७४
एमालेले २०७४ मा दुई महानगरपालिका २ महानगरपालिका र ७ उपमहानगरपालिका सहित १२३ नगरपालिकाको प्रमुख, १७१ गाउँपालिकाको अध्यक्षसहित २ सय ९४ तहको प्रमुख जितेको थियो।
त्यसबेला एक महानगरपालिका र ७ उपमहानगरपालिकासहित १३७ नगरपालिकाको उपप्रमुख एमालेको पोल्टामा गएका थिए।
पाँच वर्षअघि १९४ गाउँपालिकाको उपाध्यक्ष समेत गरेर एमालेले ३३१ ठाउँमा उपप्रमुख-उपाध्यक्ष जितेको थियो।
यसैगरी २०७४ मा २५६० वडाध्यक्ष जितेको एमालेले २७ सय ७६ महिला सदस्य, २६ सय ० दलित महिला सदस्य र ५४ सय ५ खुला वडा सदस्य सहित १४ हजार ९८ पद जितेर झण्डै ४१ प्रतिशत स्थानीय तह कब्जा गरेको थियो।
Shares

प्रतिक्रिया