निर्वाचन विशेष


भीमदत्तको मेयर र उपमेयरमा कांग्रेसको जित, १६६ मतले हारेका बोगटी दोब्बर मतान्तरले विजयी

भीमदत्तको मेयर र उपमेयरमा कांग्रेसको जित, १६६ मतले हारेका बोगटी दोब्बर मतान्तरले विजयी

नेपालखबर
जेठ ९, २०७९ सोमबार ७:१४, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखकले जित हासिल गरेका हुन्।

मेयरमा विजयी भएका बोगटीले १५ हजार ८८२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८ हजार १७९ मत प्राप्त गरे। 

यस्तै, राप्रपाका गजेन्द्र बहादुर चन्दले ७ हजार १०५ मत ल्याएका छन्। माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४५२ मत ल्याएका छन्।

मेयरमा बोगटीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतान्तर (७ हजार ७०३) ले विजयी भएका हुन । बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै सुरेन्द्र बिष्टसँग १६६ मतले पराजित भएका थिए।

उपमेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २१६ मत सहित विजयी भइन् । उनका प्रतिस्पर्धी माओवादी र समाजवादीको गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीका कृष्णदत्त जोशीले १० हजार ५९६ मत ल्याए।

यस्तै एमालेकी भुवन कुवँरले ७ हजार ९९० र राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७७२ मत प्राप्त गरिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad