चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल झण्डै ९ हजारले अग्रता लिएकी छन्।
९९ हजार ७ सय ४४ मत गणना सकिँदा रेनुले ३९ हजार ४ सय ७२ ल्याएकी छन्।
उनलाई नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६ सय ९० मतसहित पछ्याएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ८ सय १५ मत ल्याएका छन्।
अहिलेसम्म १ देखि २० वडाको मतगणना सकिएको छ। २१ र २२ को गणना जारी छ।
उपप्रमुखमा गठबन्धनकै उम्मेदवार चित्रसेन अधिकारीले ४१ हजार ७ सय १५ मत ल्याएर अग्रता लिँदा एमाले– राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४ हजार २ सय ९५ मत ल्याएकी छन्।
वडा नम्बर २१ मा कांग्रेसले अग्रता लिएको छ भने २२ मा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ।
अब ३८ हजार मत गणना हुन बाँकी छ।
387
Shares

प्रतिक्रिया