अटेरी अभियानका तर्फबाट पोखरा महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले निर्वाचन आयोगले ‘लौरो’ चुनाव चिह्न खोसेको आरोप लगाएका छन्।
निर्वाचान आयोगले अटेरीका उम्मेदवारहरुलाई ‘लौरो’ चुनाव चिह्न दिएको र पछि प्राविधिक कारण देखाउँदै खोसेको आरोप लगाइएको छ।
निर्वाचन आयोगले मतपत्रको आठौं नम्बरमा लौरो रहेको र पोखरामा स्वतन्त्रको तर्फबाट सातजना मात्रै उम्मेदवार भएकाले लौरोसहितको मतपत्र नछापिने भएकाले लौरो दिन नसकिने जनाएको छ।
अटेरी अभियान यतिबेला निर्वाचन आयोग अगाडि छ र पत्रकार सम्मेलनको तयारी गर्दै छ। निर्वाचन आयोगले लौरो चुनाव चिह्न बाँड्न नसकिने जनाए पनि अर्को कुन चुनाव चिह्न दिने भन्ने निर्णय गरिसकेको छैन।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा दिइएको चुनाव चिह्नमा सातौंमा गुलाफको फूल छ भने आठौंमा लौरो छ।
Shares
प्रतिक्रिया