राजनीति


नेपाललाई तत्काल युरिया मल दिन बंगलादेश सकारात्मकः प्रधानमन्त्री ओली

नेपाललाई तत्काल युरिया मल दिन बंगलादेश सकारात्मकः प्रधानमन्त्री ओली

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १२:१२,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अभाव भएको युरिया मल तत्काल आपूर्ति गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद सकारात्मक भएको बताएका छन्।

मंगलबार हसिनासँग टेलिफोन संवाद गरेपछि ओलीले सो जानकारी दिएका हुन्।

त्यसका अलावा व्यापार, उर्जा र परिवहनका विषयमा पनि छलफल भएको ओलीले जनाएका छन्।

‘आज दिउँसो बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धका अनेकौँ पक्षबारे मैले फलदायी टेलिफोन संवाद गरेँ,’ ओलीले ट्विटरमा लेखेका छन्, ‘यो बालीको सिजनमा तत्काल युरिया आपूर्ति गर्ने मेरो आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभएको छ।’

प्रमुख कृषिवाली धानमा प्रयोग गर्ने समयमा युरिया मलको अभाव भएपछि नेपालले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल पैँचो उपलब्ध गराउन आग्रह गरेका हो।

दुवै देशका उच्च अधिकारीहरुबीच छलफलपछि दुवै देशका कार्यकारी प्रमुखबीच टेलिफोन संवादमा सो विषयमा छलफल भएको हो।

मल खरिदका लागि पुस र माघ महिनामा खोलिएको बोलपत्र कबुल गर्ने कम्पनीहरुले तोकिएको समयमा मल आपूर्ति नगर्दा बजारमा रासायनिक मलको अभाव भएको छ।

किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ।  

याे पनि: 
‘धानले मल नपाई बाला लगाउन थाल्यो, गहुँले चाहिँ पाओस् भनेर बंगलादेशसँग मल सापटी माग्दै छौँ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad