ताइवान एरोस्पेस इन्डस्ट्रियल डेभलोपमेन्ट कर्पोरेसन एआइडीसी र अमेरिकी लकहिड मार्टिनले ताइवानको मध्यक्षेत्र सालुमा एफ–१६ युद्धक विमान सर्भिसत सेन्टर खोलेको एससीएमपीले जनाएको छ।
गत शुक्रबार मात्र उक्त सर्भिस सेन्टर खोलिएको हो। इन्डो–प्यासिफिक क्षेत्रमा स्थापना गरिएको यो नै पहिलो एफ–१६ सर्भिस सेन्टर हो।
अमेरिकी र ताइवानको कम्पनीले संयुक्त रुपमा सर्भिस सेन्टर खोलेपछि यसले अमेरिका र ताइवान सुरक्षा सम्बन्धमा झनै नजिक बनेको संकेत गर्ने विश्लेषण गरिएको छ।
बेइजिङसँग अमेरिकी तनाव बढिरहेको समयमा अमेरिकाले ताइवानसँग थप मजबुत सम्बन्ध बनाउँदै आएको छ।
चीनले ताइवानलाई आफ्नो भएको दाबी गर्दछ। चीनले ताइवानलाई आवश्यक परे आक्रमण गरेरै नियन्त्रणमा लिनसक्ने बताइरहँदा अमेरिकाले ताइवानलाई बेग्लै देशको दर्जा दिएको छ र यस देशसँगको सैन्य सम्बन्धलाई बढावा दिँदै आएको छ।
ताइवानले पनि आफूले चीनको भनाइ नमान्ने र आफू स्वतन्त्र देश भएको बताउँदै आएको छ। अमेरिकी कदमबाट चीन सन्तुष्ट छैन।
यसबीचमा अमेरिका र ताइवानका कम्पनीले ताइवानमा संयुक्त रुपमा एफ–१६ विमान सर्भिस सेन्टर खोलेपछि चीन झनै रुष्ट बनेको छ। एजेन्सी
यो पनिः
ताइवानले भन्योः हामीमाथि आक्रमण गर्ने शक्ति चीनसँग अझै छैन
‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’
चीनसँग विवाद बढ्दै जाँदा ताइवानले यसैवर्ष ६६ वटा अमेरिकी युद्धक विमान भित्र्याउने

प्रतिक्रिया