नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनका लागि पार्टीले देशलाई उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने खालको घोषणापत्र ल्याउने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी नेकपाले चुनावी घोषणापत्र ल्याउने बताएका हुन्।

उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेन्डा बनाइने धारणा राखे।
‘नेपाली अर्थतन्त्र उत्पादनमुखी बनाउन हामीले जोड दिएका छौँ। आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ,’ उनले भने।
नेता गुरुङले पार्टीको घोषणापत्रमा रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिइने जानकारी दिए।
घोषणापत्रमा ठुला उद्योगलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिइने उनको दाबी छ।
‘साामजिक सेवालाई गुणस्तरीय र राज्यलाई सेवामुखी बनाउन जोड दिएका छौँ भने समावेशी अर्थतन्त्र, वाताावरणमैत्री अर्थतन्त्रसमेत घोषणापत्रमा आउँछ,’ उनले भने।
डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणापत्र ल्याइने उनले बताए।
विगतमा धेरै प्रचारमुखी भएको भन्दै यसपटक कार्यान्वयन हुने खालको घोषणापत्र ल्याइने उनको भनाइ छ।
विश्व बजार युद्ध अर्थतन्त्रले आतंकित भइरहेको जिकिर गर्दै नेता गुरुङले अर्थतन्त्र पश्चिम केन्द्रित भइरहेको बताए।
‘युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुनेगरी घोषण पत्र ल्याउँछौ । ’ ‘संविधान क्रियाशिल छैन, सरकार निर्दलीय’ नेता गुरुङले अहिले देशमा संविधान क्रियाशिल नभएको भन्दै जेनजीको नाममा निर्दलिय सरकार रहेको बताए । निर्वाचनको निष्पक्षतामा शंका गर्दै उनले भने ‘ दलहरु पर्यवेक्षकको रुपमा मात्रै छन् । दलीय प्रणाली पूर्ण क्रियाशिल छ की छैन यो बहसमै छ । निष्पक्ष स्वतन्त्र ढंगले निर्वाचन भए दलहरु पुनःस्थापित भए मान्न सकिन्छ । तर निर्वाचनबाट प्रोक्सी दलहरु आउने त होइन भन्ने शंका छ ।’
Shares

प्रतिक्रिया