कारोबार


एलसी खोलिसकेका गाडी र अन्य वस्तु आयात गर्न पाइने

एलसी खोलिसकेका गाडी र अन्य वस्तु आयात गर्न पाइने

नेपालखबर
भदौ १, २०७९ बुधबार १८:६, काठमाडौँ

सरकारले प्रतिबन्ध लगाएका वस्तु आयातको प्रक्रिया भइसकेको भए नरोकिने भएका छन्। 

बैंकहरुमार्फत एलसी, टीटी, एएपीजस्ता प्रक्रिया भइसकेको भए ती वस्तु र गाडी नेपाल ल्याउन पाइने भएको हो।  

सरकारले राजपत्र प्रकाशन गर्दै आयातको प्रक्रिया भइसकेकोलाई भन्सारमा नरोक्ने बताएको छ। वैशाख १३ गते सरकारले १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। 

असार ३१ गते सो प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो। सरकारले यही वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै १० वटा वस्तुको नामै तोकेर आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। 

तिनमा कुरकुरे, कुरमुरे, लेज र यससम्बन्धी उत्पादन, सबैखाले तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चमाथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक), २५० सीसीमाथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .