कारोबार


सिंहदरबारबाट ग्यास सिलिण्डर हटाउन सुरु, अर्थको क्यान्टिनमा विद्युतीय चुल्हो

सिंहदरबारबाट ग्यास सिलिण्डर हटाउन सुरु, अर्थको क्यान्टिनमा विद्युतीय चुल्हो

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०७९ बुधबार १४:४३, काठमाडौँ

सिंहदरबारमा ग्यास चुल्हो हटाउने काम सुरु भएको छ। 

चालू आर्थिक वर्षको बजेटमा नै विद्युतीय चुल्होको प्रयोग सिंहदरबारबाट नै सुरु गरिने उल्लेख थियो। सोहीअनुसार अर्थ मन्त्रालयको क्यान्टिन तथा महाशाखा र सचिवालयमा विद्युतीय चुल्हो जडान भएको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डी निरौलाका अनुसार साउन महिनाभित्र नै ग्यास सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गरिने कुरा बजेटमा नै उल्लेख गरिएको थियो। 

सोहीअनुसार अर्थमन्त्रालयको कयाटिनमा विद्युतिय चुलो जडान भएको हो। उनका अनुसार अर्थ मन्त्रालयका सचिवालय, महाशाखाहरु तथा चमेना गृहमा साउन ३० गते विदुतीय चुल्हो जडान गरी आजदेखि प्रयोगमा ल्याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .