ad ad

कारोबार


७ दिनमा २३ अर्बको सेयर खरिदबिक्री, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

७ दिनमा २३ अर्बको सेयर खरिदबिक्री, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

नेपालखबर
साउन २१, २०७९ शनिबार ८:३०, काठमाडौँ

यो साता सेयरबजारमा अघिल्लो साताभन्दा सामान्य सुधार भएको छ। तुलनात्मक रुपमा अघिल्लो साताभन्दा ३ अर्ब अन्तरले कारोबार रकम बढेको हो। 

आइतबारदेखि शुक्रबारसम्म कुल २३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस्तो रकम अघिल्लो साता २० अर्ब रुपैयाँ हाराहारीमा थियो।  

साताका सुरुवाती दुई दिन लगातार बढेको नेप्से त्यसपछिका सबै दिन घटेको थियो। बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको हो। यो साताका सातै दिन शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएका थिए। 

कुन दिन कस्तो थियो सेयरबजार? 
शुक्रबार : २ अर्ब ६२ करोड
 
सेयरबजार परिसूचक नेप्से शुक्रबार ३४ अंकले घटेको थियो। सो दिन २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँको किनबेच भएको थियो। यो दिन २१३ कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो। 

दिउँसो १ बजेसम्म भएको कारोबारमा ४० हजार ४ सय २४ पटक किनबेच भएको थियो। कुल १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक बाँकी उपसूचकहरु राताम्य भएको थिए। साताको अन्तिम कारोबार दिन २१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको थियो।

उक्त दिन लगानीकर्ताले ५.९१ प्रतिशतसम्म आम्दानी गर्दा ७.१८ प्रतिशतसम्म नोक्सानी व्यहोरेका थिए। उक्त दिन शिवम् सिमेन्टको सर्वाधिक १५ करोडको सेयर खरिदबिक्री भएको थियो। 

बिहीबार : ३ अर्ब ७६ करोड 
सेयरबजारमा बिहीबार ३ अर्ब ७६ करोड रुपैयाँको खरिदबिक्री भएको थियो। उक्त दिन २१५ कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको थियो। दिनभरिमा ५६ हजार ८ सय १९ पटकको खरिदबिक्रीमा उक्त कारोबार भएको हो। 

परिसूचक नेप्से ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको थियो। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ८.२५ अंकले झरेको थियो। बिहीबार कुल १३ वटा उपसूचक सबै राताम्य हुनपुगेका थिए। १९ वटा कम्पनीको सेयर मूल्य बढेको दिन १६१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो। 

नेप्से घट्दा बजार पुँजीकरण ३० खर्ब ६५ अर्ब र तरलता १२ खर्ब ५४ अर्ब पुगेको थियो। सो दिन बलेफी हाइड्रोपावरका लगानीकर्ताले ८.९८ प्रतिशत कमाए पनि अन्य कम्पनीको उल्लेख्य आम्दानी हुनसकेन। उक्त दिन युनाइटेड आईडीआई मार्दीका लगानीकर्ताले सर्वाधिक ९.५२ प्रतिशत गुमाएका थिए। 

उक्त दिन शिवम् सिमेन्टको सर्वाधिक २५ करोड रुपैयाँको कारोबार भएको थियो। 

बुधबार : ४ अर्ब २ करोड 
बुधबार बजार परिसूचक नेप्से र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक घटेको थियो। बजार घटेको उक्त दिन २१८ कम्पनीको ९५ लाख कित्ता बिक्री भएको थियो। दिनभरिमा ५७ हजार ४२४ पटक सेयर किनबेच भएको थियो। 

सोसँगै सेयरबजार पुँजीकरण ३१ खर्ब पुगेको थियो भने बजारमा तरलता १२ खर्बको रहेको थियो। कुल १३ मध्ये व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र सामूहिक लगानी कोषको सूचक मात्रै हरियो रहेकामा बाँकी समूहको सूचक घटेको थियो। योसँगै ९६ कम्पनीको सेयर बढ्दा ७७ को घटेको र ७ वटाको उही मूल्य कायम थियो। 

उक्त दिन सेयरबजारमा सामलिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशत माथि कमाएका थिए। गुमाउने लगानीकर्ताले ३.९२ प्रतिशतले घाटा व्यहोर्दा शिवम् सिमेन्टको २५ करोडको सर्वाधिक कारोबार भएको थियो। 

मंगलबार : ३ अर्ब २९ करोड 
सेयरबजारमा मंगलबार ३ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। उक्त दिन २१७ कम्पनीको ७८ लाख १३ हजार कित्ता सेयर किनबेच भएको थियो। 

बजार परिसूचक नेप्से २.७६ अंकले घटेर २१९३.४८ विन्दुमा रोकिएको सो दिन १३ मध्ये लगानी, जीवन बीमा, अन्य, निर्जीवन बीमा, विकास बैंक, होटल र पर्यटन तथा वाणिज्य बैंकको सूचक घटेको थियो। बजारमा कारोबार भएकामध्ये ८२ कम्पनीको सेयर बढे पनि ९२ वटाको घटेको थियो। उक्त दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशत, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७, रिभर फल्स पावर लिमिटेडका सेयरधनीले ८.५३ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशत कमाएका थिए। गुमाउने लगानीकर्ताले ४.२४ प्रतिशतसम्म नोक्सानी व्यहोरेका थिए। सो दिन पनि शिवम् सिमेन्टकै २९ करोडको सर्वाधिक कारोबार भएको थियो। 

सोमबार : ४ अर्ब ६७ करोड 
सेयरबजारमा सोमबार ४ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो। उक्त दिन २ सय १७ कम्पनीको १ करोड ५ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको थियो। बजार परिसूचक नेप्से सोमबार १.१५ अंकले र सेन्सिटिभ सूचक १.९४ अंकले बढेको थियो। उक्त दिन १३ मध्ये वाणिज्य बैंक, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको सूचक मात्रै हरियो रहेका थिए। झिनो अंकले हरियो देखिएको बजारमा उक्त दिन ५८ वटा कम्पनीको सेयर मूल्य बढेको र ११५ वटाको घटेको थियो। ६ वटाको भने उही मूल्य कायम भएको थियो। 

लगानीकर्ताले सो दिन ६.७५ प्रतिशतसम्म मात्र कमाएका थिए। बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फन्ड२, गुडविल फाइनान्स, दोर्दी खोला जलविद्युत्, हाइड्रोइलेक्ट्रिसिटी कम्पनीका लगानीकर्ताले कमाएका थिए। त्यस्तै, ५.२१ प्रतिशतसम्म गुमाउनुपरेको थियो। स्वाभिमान लघुवित्तका सेयरधनीले उक्त दरले गुमाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४.७१ प्रतिशत, सूर्योदय वोमी लघुवित्तका सेयरधनीले ४.०९ प्रतिशत, १०.३५ प्रतिशत एग्रिकल्चर बैंक डिबेन्चर २०८३ का लगानीकर्ताले ३.९६ प्रतिशत र वीन लघुवित्तका सेयरधनीले ३.७८ प्रतिशत गुमाएका थिए। 

सो दिन पनि शिवम् सिमेन्टको ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको सर्वाधिक सेयर कारोबार भएको थियो। 

आइतबार : ४ अर्ब ६७ करोड 
सेयरबजारमा आइतबार ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपैयाँको सेयर कारोबार भएको थियो। उक्त दिन २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर बिक्री भएको थियो। पहिलो कारोबार दिन ६७ हजार ७ सय ४० पटक कारोबार भएको थियो। सूचक बढेको दिन १३  उपसमूहमध्ये फाइनान्सको मात्रै रातो भएको थियो। बाँकी सबै सूचकहरु हरियो थिए। आइतबार १२६ कम्पनीको सेयर बढेको, ५१ कम्पनीको घटेको र ३ वटाको उही मूल्य कायम भएको थियो। 

१० कम्पनीका लगानीकर्ताले १० वा सोही प्रतिशत हाराहारीमा कमाएका थिए। नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड आईडीआई मार्दी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले कमाएका थिए। 

गुमाउने लगानीकर्ताले पहिलो दिन ३.९४ प्रतिशतसम्म गुमाएका थिए। उक्त दिन सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट अगाडि थियो। कम्पनीको २१ करोडको सेयर कारोबार भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .