कारोबार


कृषिलाई उद्योगका रुपमा विकास गरौँ : पम्फा भुसाल

कृषिलाई उद्योगका रुपमा विकास गरौँ : पम्फा भुसाल

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १३:१५, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएकी छिन्। 

शुक्रबार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्। 

उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन्। 

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन्। 

उनले भनिन्, ‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिवद्धता हामीले संविधानमै ग¥यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छौँ। त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभुत कुरा चाहीँ तिनओटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ । कृषिप्रधान देश, उर्वरा भूमि छ।’ 

उनले जलस्रोतले सम्पन्न भएकाले सिँचाइको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यन्त्रीकरण गर्दा कृषिमा आत्मनिर्भर हुन सकिने बताइन्। 

‘हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ । हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ । हामीलाई भुकम्पले पनि सिकायो । र कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौँ’, उनले भनिन्, ‘कृषि आधारभुत कुरा हो । बरु यसलाई अझ व्यवसायीकरण, यन्त्रीकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ। कृषि पनि उद्योग हो। यसलाई पनि हामी उद्योगको तरिकाले अगाडी बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ।’

विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने उनले बताइन्। त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .