कारोबार


कोसी सरकारले ल्यायो ४० अर्बको बजेट

कोसी सरकारले ल्यायो ४० अर्बको बजेट

नेपालखबर
असार १, २०८३ सोमबार १७:४४, विराटनगर

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ। 

सोमबार आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो। 

सरकारले कुल विनियोजनमध्ये पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ भने चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणका लागि पाँच अर्ब ५६ करोड ३६ लाख र वित्तीय व्यवस्थापनका लागि १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड र राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखेको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान नौ अर्ब १२ करोड, सशर्त अनुदान पाँच अर्ब ९५ करोड, समपूरक अनुदान ६४ करोड र विशेष अनुदान ५५ करोड रुपैयाँलाई आयको आधार बनाइएको छ।

यसबाहेक रोयल्टीबाट ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी पाँच अर्ब रुपैयाँ चालु आर्थिक वर्षको नगद मौज्दातबाट बेहोरिने मन्त्री लिङ्थेपले जानकारी दिए। सरकारले उत्पादन र भौतिक पूर्वाधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad