सेयरबजारमा निरन्तरको गिरावट देखिएको छ।
बुधबार पनि बजार १४.४५ अंकले घटेको हो। योसँगै नेप्से २६६०.०२ विन्दुमा झरेको छ। योसँगै कुल कारोबार ४ करोड ४१ लाखको भएको छ।
अघिल्लो दिन पनि नेप्से घटेको थियो। बुधबार सूचकसँगै २ सय वटा सेयरको मूल्य पनि घटेको छ। यस दिन ६४ वटाको भने मूल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यस्तै १० वटाको मूल्य स्थिर छ।
टक्सार पिखुवा खोला हाइड्रो र याम्बलिङ हाइड्रोको सेयरमा सकारात्मक सर्किट लाग्दा भुजुङ हाइड्रो १४.६९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। बाँकीमा ९.९० प्रतिशतसम्मको बढावट देखिएको छ।
यता गिरावट दर भने निकै कम छ। आज सेयरहरु अधिकतम ५.०५ प्रतिशतसम्म मात्र घटेका छन्।
कारोबारमा आँखु खोला जलविद्युत् कम्पनीको सर्वाधिक २९ करोडको कारोबार भएको छ। बाँकी अधिकतम १७ करोडसम्म खरिदबिक्री भएको छ।
Shares

प्रतिक्रिया