कारोबार


सार्वजनिक सवारीको उत्कृष्ट चालकलाई लुम्बिनी सरकारले पुरस्कृत गर्ने

सार्वजनिक सवारीको उत्कृष्ट चालकलाई लुम्बिनी सरकारले पुरस्कृत गर्ने

नेपालखबर
असार १, २०८३ सोमबार १७:४९, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका उत्कृष्ट सवारी चालकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ। 

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सवारी चालकलाई पुरस्कृत गर्ने घोषणा गरेका हुन्। 

सवारी दुर्घटना न्यूनिकरण र सार्वजनिक सवारीलाई व्यवस्थित गर्न यस्तो कार्यक्रम ल्याएको अर्थमन्त्री कार्कीले बताए। त्यसबाहेक, सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीटीभी जडान गर्न निजी क्षेत्रसँग सहकार्य गरिने पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad