ताप्लेजुङको सुकेटारमा अब सातामा तीनदिन हवाई उडान हुने भएको छ।
सातामा सोमबार र शुक्रबार मात्रै काठमाडौँ-ताप्लेजुङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले अब बुधबार पनि उडान गर्ने जनाएको छ।
यात्रुको चाप हेरेर सुकेटार विमानस्थलमा उडान थप गरिएको निमगको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिएका छन्।
अब साताको सोमबार, बुधबार र शुक्रबार गरी दिनमा एक पटकका दरले तीन दिन उडान हुने कार्कीले बताए।
निगमको जहाजमा एक पटकमा काठमाडौँबाट बालबालिका भए १४ र अन्य १३ जनासम्म यात्रु ताप्लेजुङ आउने गरेका छन्। फर्कँदा १५ देखि १६ जनासम्म जानसक्ने कार्यालयले जनाएको छ।
काठमाडौँ ताप्लेजुङ भाडादर ९ हजार ४ सय रुपैयाँ छ।
33
Shares

प्रतिक्रिया