ad ad

कारोबार


विराटनगरको विषादी परीक्षण प्रयोगशाला प्रयोगविहीन, आँखाले हेरेको भरमा भित्र्याइन्छ तरकारी

विराटनगरको विषादी परीक्षण प्रयोगशाला प्रयोगविहीन, आँखाले हेरेको भरमा भित्र्याइन्छ तरकारी

ध्रुव भट्टराई
बैशाख १७, २०८० आइतबार ११:१३, विराटनगर

विराटनगरको रानीमा रहेको क्वारेन्टिन कार्यालयमा तरकारी, फलफूल र खाद्यान्न परीक्षणका लागि स्थापना गरिएको प्रयोगशाला (ल्याब) प्रयोगविहीन बनेको छ। जनशक्ति अभावमा ल्याबका उपकरण प्रयोगमा नआउँदा आँखाले हेरेको भरमा तरकारी, फलफूल र खाद्यान्नलाई स्वच्छताको प्रमाणपत्र दिने गरिएको छ। 

सरकारले भारत र तेस्रो मुलुकबाट नेपाल भित्रिने विरुवाजन्य तरकारी, फलफूल र खाद्यान्नमा रोग, कीरा लागे/नलागेको नमुना परीक्षणका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहत देशभरका प्रमुख नाका क्षेत्रमा क्वारेन्टिन कार्यालयमा ल्याब स्थापना गरेको छ। जसअन्तर्गत विराटनगरको रानीमा पनि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको कार्यालय छ।

तर मन्त्रालयले ल्याबका लागि आवश्यक दक्ष जनशक्ति अहिलेसम्म पठाएको छैन। मन्त्रालयले ल्याब सञ्चालनमा चासो नदिएको कार्मचारीहरु बताउँछन्। कर्मचारीका अनुसार लामो समयसम्म ल्याबका उपकरण प्रयोगमा नआउँदै बिग्रिने अवस्थामा पुगेका छन्। 

ल्याबमा प्राविधिक जनशक्ति नहुँदा भारत वा तेस्रो मुलुकबाट भित्रिने तरकारी, फलफूल र खाद्यान्न आखाँले हेरेको भरमा भित्र्याउनुपर्ने बाध्यता रहेको क्वारेन्टिन कार्यालयका बाली संरक्षण अधिकृत नन्दकिशार सिंहले बताए। 

रोग, कीरा लागेका विरुवाजन्य तरकारी, फलफूल र खाद्यान्न आँखाले हेर्दा सजिलै चिनिने भएकाले यो विधि अपनाइएको उनको भनाइ छ। 

‘कार्यालयमा ल्याब छ, तर सञ्चालनका लागि आवश्यक जनशक्ति छैन’, सिंहले भने, ‘ल्याबको प्रयोग जटिल अवस्थामा मात्र गर्नुपर्ने हुन्छ’, तर अहिलेसम्म कीरा लागे/नलागेको आँखैले हेरेर छुट्याउन सकिन्छ।’

क्वारेन्टिन कार्यालयका अनुसार कार्यालयमा ८ जनाको दरबन्दी रहे पनि तीनजना मात्र उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .