सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ सस्तो भएको छ।
अघिल्लो दिन १ लाख १८ हजार प्रतितोला मूल्यमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको हो।
त्यस्तै १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअनुसार आज पनि चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज प्रतिऔँस २.२९ अमेरिकी डलरले सुनको मूल्य बढेको एजेन्सीहरुले जनाएका छन्। यसअनुसार प्रतिऔँस मूल्य २०२१.२८ अमेरिकी डलरमा कारोबार भएको छ।
555
Shares
प्रतिक्रिया