कारोबार


नेपाल टेलिकमको आम्दानी ७९ करोडले घट्यो, ६ महिनामा झण्डै ४ अर्ब नाफा

नेपाल टेलिकमको आम्दानी ७९ करोडले घट्यो, ६ महिनामा झण्डै ४ अर्ब नाफा

नेपालखबर
फागुन १, २०८० मंगलबार ११:५४, काठमाडौँ

नेपाल टेलिकमले गत ६ महिनामा कुल २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ। 

उक्त रकम गत आ.व.को सोही अवधिको तुलनामा ७९ करोड १७ लाख ५७ हजार (अर्थात् ३.५८ प्रतिशत) ले कम हो।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा कम्पनीले २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ कुल आय गरेको थियो। 

टेलिकमका अनुसार चालू आ.व.को दोस्रो त्रैमासिक अवधि (पुस मसान्त) सम्मको कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रहेको छ।

उक्त रकम गत आ.व.को सोही अवधि (२०७९ पुस मसान्त) को कुल सञ्चालन आय १८ अर्ब ७ करोड ७३ लाख ४८ हजारको तुलनामा ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कम हो।

झण्डै ४ अर्ब खुद मुनाफा
चालू आ.व.को दोस्रो त्रैमासिक अवधि (२०८० पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पुस मसान्त) को तुलनामा ३२ करोड ३३ लाख ७३ हजार (अर्थात ७.६० प्रतिशत) ले कम हो। गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख ७६ हजार नाफा गरेको थियो। 

विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३.६८ रुपैयाँ रहेको छ।

यसकारण घट्यो आम्दानी र नाफा 

  • ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको ।
  • मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेको ।
  • राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर परेको ।
  • बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ३४ करोड ७ लाखले कमी  भएको ।
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .