कारोबार


जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा

जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ९:२, बागलुङ

६ वर्ष अघि बागलुङकाे ताराखोला गाउँपालिका- ५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ। 

रोयल रेड र इटालेली फुजी उनको बगानका आकर्षण बनेका छन्। प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए।  रोकाको हाल १४० बोट  छन् जसले  फल दिएका छन्।

उनको बगान चार रोपनीमा फैलिएको छ। उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन्। अध्यक्ष रोकाले भने, ‘अब १० रोपनीमा खेती गर्ने सोचमा छु। ’

स्याउखेतीका निम्ति उनले एक लाख ५० हजार लगानी गरेको बताए। विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन। यो वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए। 

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन्।

ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ। जिल्लाभर ५६.९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले  बर्सेनी ३३१‍.२ मेट्रिक टन स्याउ उत्पादन हुने  बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad