राजनीति


प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ९:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।

त्यसका लागि शुक्रबार बिहान साढे ११ बजे ओली काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

जनकपुरमा उनले मधेश प्रदेश प्रहरी कार्यालय र सडकको उद्घाटन गर्नेछन्।  

त्यसैगरि प्रधानमन्त्रीले शुक्रबार दिउँसो महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad