कारोबार


१ वर्षमा ३३ हजार विदेशी पर्यटकले गरे मनाङ भ्रमण

१ वर्षमा ३३ हजार विदेशी पर्यटकले गरे मनाङ भ्रमण

नेपालखबर
बैशाख ७, २०८२ आइतबार ६:२, मनाङ

मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ। विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ।

यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ। मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ। दुई याममा गरी यस वर्ष ३३ हजार छ सय ४८ विदेशी पर्यटक जिल्लामा भित्रिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

उनले भने, ‘विस्तारै सडक सञ्जालको सहजता, प्राकृतिक सौन्दर्यताले विश्वका पर्यटकको आगमन बढ्दो छ। साथै आन्तरिक पर्यटकको पनि आगमन बढे पनि तथ्याङ्क भने राखिएको पाइदैन।’  उनका अनुसार बीस हजार १६१ पुरुष र १३ हजार ४८७ महिला विदेशी पर्यटकले यहाँका विभिन्न क्षेत्रको भ्रमण गरेका छन्।

गत वर्ष एक सय २३ देशका नागरिकले अन्नपूर्ण पदमार्गका साथै मनाङका विभिन्न स्थानको भ्रमण गरेका थिए। विसं २०८१ मा सबैभन्दा बढी तीन हजार ३८८ जना फ्रान्सका नागरिकले मनाङ भ्रमण गरेका छन्। थिए। 

इजरायल, जर्मनी, भारत, बेलायत, अमेरिका, अस्टे«लिया, चीन, नेदरल्याण्ड, रसिया, पोल्याण्डलगायत मुलुकका नागरिकले मनाङ भ्रमण गरेका हुन्। 

सबैभन्दा बढी कात्तिकमा नौ हजार २७९ विदेशी पर्यटक यहाँ आएका छन्। सबैभन्दा कम साउनमा दुई सय ५२ विदेशी पर्यटकको आगमन भएको छ। 

मनाङ भ्रमणका लागि मौसम अनुकूल हुने समयमा स्वदेश तथा विदेशी पर्यटकको आगमन वृद्धि हुँदै गएको एक्यापले जनाएको छ।

‘अहिले नेपाली नागरिकमा पनि भ्रमणमा जाने प्रचलन बढ्दै गएको छ। जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा आन्तरिक पर्यटक पनि जोडिन थालेका छन् । यसले मुलुकमा रहेका पर्यटकीय गन्तव्य प्रचारप्रसार र पर्यटन प्रवर्द्धन भइरहेको छ’ , कार्यालय प्रमुख भुजेलले भने, ‘विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका छन्।’  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad