ग्लोबल


बंगलादेशमा कुटेर हिन्दु नेताको हत्या

बंगलादेशमा कुटेर हिन्दु नेताको हत्या

नेपालखबर
बैशाख ७, २०८२ आइतबार ६:१५, काठमाडौँ

बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ।

हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो।

भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, 'बंगलादेशमा हिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन्।'

भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन्। 

अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतनपछि अल्पसंख्यकहरूविरुद्ध आक्रमण बढेको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले गत महिना संसदमा बताएअनुसार २०२४ मा बंगलादेशमा राजनीतिक उथलपुथल सुरु भएदेखि अल्पसंख्यकहरूमाथि उत्पीडनका २ हजार ४ सय घटनाहरू भएका छन्।

यस मात्र वर्ष हालसम्म ७२ वटा यस्ता घटना भइसकेको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad