ad ad

कारोबार


ब्युटी सैलुन फेसियल हाउसले धनगढीमा खोल्यो नयाँ शाखा

ब्युटी सैलुन फेसियल हाउसले धनगढीमा खोल्यो नयाँ शाखा

नेपालखबर
असोज ३०, २०७९ आइतबार १३:१३, काठमाडौँ

ब्युटी सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा सञ्चालन गरेको छ।

धनगढीको चौडामा आज एक कार्यक्रमका बीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्धनिर्देशक शुष्मा महरा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

महराले सुदूरपश्चिममा शाखा विस्तार गरेसँगै पश्चिम  हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको अन्य शाखा विस्तार गर्न लागेको बताएकी छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिएका छन् ।

काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट सेवा दिँदै आएको फेसियल हाउसले अव भने धनगढीबाट पनि सेवा प्रदान गर्नेछ।

धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्ने छिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछि यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन्। 

फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुनमध्ये नम्बर १ मा पर्ने सैंलुन हो ।मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् ।

फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सनजस्ता थुपै सेवा दिदैँ आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .