आज अमेरिकी डलरभन्दा युरो १० रुपैयाँले महँगो देखिएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको मूल्यअनुसार युरो डलरभन्दा बलियो देखिएको हो।
यसअनुसार १ डलरको नेपाली सटही १३३.१४ रुपैयाँ मूल्य रहँदा युरो १ को मूल्य १४३.३३ रुपैयाँ छ। त्यसैगरी आफूसँग भएको १ डलर साट्दा आज १३३.७४ रुपैयाँ पाइनेछ भने युरो १ साट्दा १४३.९८ रुपैयाँ पाइने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.४८ रुपैयाँ र बिक्री दर १६८.२३ रुपैयाँ रहेको छ।
कुन मुद्राको कति मूल्य?
132
Shares
प्रतिक्रिया