ad ad

कारोबार


सिभिल मलका सबै पसलका सामान ग्यापुमा पाइने, निःशुल्क होम डेलिभरी

सिभिल मलका सबै पसलका सामान ग्यापुमा पाइने, निःशुल्क होम डेलिभरी

नेपालखबर
साउन २४, २०७७ शनिबार ६:२३,

ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले काठमाडौको सिभिल मलका सबै पसलका सामान अनलाइनमा उपलब्ध गराउने भएको छ।

सिभिल मलका समान अर्डर गर्ने ग्राहकहरुलाई घरमै निःशुल्क डेलिभरीसमेत गर्ने गरी ग्यापु र सिभिल मलबीच सम्झौता भएको छ।

ग्यापु दुई वर्षसम्म सिभिल मलको एक मात्र अनलाइन साझेदार रहने जनाएको छ।

सम्झौता अनुसार सिभिल मल ग्यापु डटकमको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ। सिभिल मलका १ सय ५० वटा पसलमा चार लाखभन्दा बढी सामान उपलब्ध छन्।

ग्राहकले ग्यापुको वेबसाईट वा मोबाइल एप प्रयोग गरि आवश्यक सामान अर्डर गर्न सक्नेछन्।

ग्यापुको सेल्स सपोर्ट टिमको छुट्टै अफिस नै सिभिल मलमा राख्ने जनाएको छ। यसका लागि सिभिल मलले ग्यापुलाई कार्यलयको लागि ठाउँ उपलब्ध गराएको छ।

अनलाइनमा अर्डर आउनासाथ भौगोलिक दुरी हेरी केही घण्टादेखि चौबीस घण्टाभित्र डेलिभरी गरिने ग्यापु डटकमका सीईओ ज्ञानेन्द्र खड्काले बताए। काठमाडौ उपत्यकासँगै काभ्रेपलान्चोकको बनेपासम्म डेलिभरी गरिने खड्काले जानकारी दिए।

ग्राहकले डेलिभरी पूर्व ई–सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन्। ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आईपीएस, प्रभु पेमार्फत बिल तिर्न सक्छन भने डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन्।

लकडाउन कै बीच ग्यापु डटकमले २०७६ चैत्र २१ देखि सेवा सुरु गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .