कारोबार


भारतको इन्द्रप्रस्थ हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भारतको इन्द्रप्रस्थ हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १६:३४, काठमाडौँ

नयाँ दिल्ली भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैकंका कर्मचारी, प्रभु बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डवाहकहरुले १० प्रतिशत छुट पाउने भएका छन्। उक्त सम्झौताअनुसार भर्ना भएका बिरामीहरुलाई औषधि र उपभोग्य सामग्रीबाहेक र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्कबाहेकका शुल्कहरुमा १० प्रतिशत छुट पाउने भएका छन्।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोला हस्पीटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु विष्टको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको थियो। यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ। 

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad