कारोबार


काठमाडौंमा उबरले थाल्यो सेवा, एसिया-प्रशान्त क्षेत्रमा नेपाल ११औँ बजार

काठमाडौंमा उबरले थाल्यो सेवा, एसिया-प्रशान्त क्षेत्रमा नेपाल ११औँ बजार

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १३:१४, काठमाडौँ

चर्चित राइड-हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रुपमै सेवा सुरु गरेको छ। 

शुक्रबार आफ्नो सेवा आधिकारिक रुपमा सुरु भएको उबर नेपालले घोषणा गरेको हो।

नेपाल एसिया-प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ।

उबरले नेपालमा चारपाङ्ग्रे सवारीका लागि उबर गो र उबर कन्फर्ट तथा दुईपाङ्ग्रे सवारीका लागि बाइक सेवा उपलब्ध गराएको जनाएको छ। 

कम्पनीका अनुसार यसले यात्रुलाई सरल, भरपर्दो र सहज यातायात विकल्प प्रदान गर्नेछ।उबर हाल ७० भन्दा बढी देशमा सञ्चालित छ। नेपाललाई आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्दै कम्पनीले स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुलाई एउटै एपमार्फत सहज यात्रा सेवा उपलब्ध गराउने जनाएको छ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरले नेपाल तीव्र शहरीकरण, डिजिटल पहुँच र पर्यटन वृद्धिका कारण उबरका लागि महत्त्वपूर्ण बजार भएको बताए। उनले नेपालको गतिशील अर्थतन्त्र र पर्यटन क्षेत्रसँग सहकार्य गर्दै यात्रु, चालक र आगन्तुकको आवश्यकता पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

कम्पनीका अनुसार स्मार्टफोन प्रयोगकर्ताको वृद्धि, पर्यटन विस्तार र सहज यातायात सेवाको बढ्दो मागका कारण नेपालमा आधुनिक राइड-हेलिङ सेवाको सम्भावना उच्च रहेको छ। उबरले स्थानीय आवश्यकताअनुसार सेवा विस्तार गर्दै नेपालमा दीर्घकालीन उपस्थितिको लक्ष्य राखेको जनाएको छ।

उबर नेपालमा २०७४ साउन १ मै दर्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad