कारोबार


गोदरेजको नयाँ वर्ष योजना

गोदरेजको नयाँ वर्ष योजना

नेपालखबर
चैत २३, २०८२ सोमबार १४:२७, काठमाडौँ

नयाँ वर्ष २०८३ को अवसरमा चर्चित ब्रान्ड गोदरेजले नेपाली ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ।

योजनाले नयाँ वर्षलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले गोदरेजका विभिन्न होम अप्लायन्सहरू खरिद गर्दा ३५ हजार ३०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकहरूको दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यले हरेक खरिदमा विभिन्न अस्योर्ड गिफ्ट पनि प्रदान गरिनेछ।

यस अफर अन्तर्गत फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट, टप लोड वासिङ मेसिनमा २ केजी एरियल तथा ट्विन टब वासिङ मेसिनमा १ केजी एरियल निःशुल्क प्रदान गरिनेछ। त्यसैगरी, माइक्रोवेभ ओभन खरिद गर्दा कुकिङ किट उपहार, एयर कन्डिसनरमा फ्रि इन्स्टलेसन, साथै सबै उत्पादनहरूमा फ्रि डेलिभरी सुविधा उपलब्ध रहनेछ।

गोदरेजले वर्षौँदेखि गुणस्तर, विश्वास र नवीनतामा आधारित सेवा प्रदान गर्दै आएको छ। यस नयाँ वर्ष योजना पनि ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
यसका साथै, ग्राहकहरूले सीजी एलेक्समार्फत सजिलो ० प्रतिशत ईएमआई सुविधा पनि उपभोग गर्न सक्नेछन्, जहाँ न्यूनतम कागजी प्रक्रिया र “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई अझ सहज बनाएको छ।

गोदरेजका यी सम्पूर्ण अफरहरू नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् र सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad