सरकारले २०८५ भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय गर्ने वायुसेवा कम्पनीहरूलाई विभिन्न छुट दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा न्याभिगेसन शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको हो।
यस्तै, मन्त्रिपरिषद् बैठकले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ।
42
Shares

प्रतिक्रिया